सुदूर नेपाललाई विश्वसँग जोड्दै

सांसद खेम कोइरालाद्वारा वैदेशिक रोजगारीमा ठगिएकालाई सम्पर्कमा आउन आह्वान

२०८३ असार २१, १२:५८ खबर संवाददाता

धनगढीः कैलाली क्षेत्र नम्बर–४ का सांसद खेम कोइराला ले वैदेशिक रोजगारीका क्रममा ठगीमा परेका व्यक्तिहरूलाई प्रमाणसहित सम्पर्कमा आउन आह्वान गरेका छन्।

सांसद कोइरालाले आफ्नो निर्वाचन क्षेत्रभित्र वैदेशिक रोजगारीमा जाने क्रममा ठगिएका पीडितहरूलाई आवश्यक कागजातसहित सम्पर्क गर्न आग्रह गरेका हुन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सूचना सार्वजनिक गर्दै पीडितहरूलाई वाट्सएप नम्बर ९८४८६६३१३१ मा प्रमाणहरू पठाउन अनुरोध गरेका छन्।

वाट्सएपमार्फत विवरण पठाउँदा कुन म्यानपावर, कन्सल्टेन्सी वा एजेन्टमार्फत ठगी भएको हो, कति रकम ठगी गरिएको हो, त्यससम्बन्धी निस्सा वा भौचर, आफ्नो परिचय खुल्ने कागजात तथा ठगी गर्ने व्यक्तिको परिचय र सम्भव भए फोन नम्बरसमेत पठाउन आग्रह गरिएको छ।

यस प्रक्रियामा केही समय लाग्न सक्ने भए पनि पीडितलाई न्याय दिलाउन आफू प्रतिबद्ध रहेको सांसद कोइरालाले बताएका छन्।

कमेन्ट लोड गर्नुस