धनगढीका एक जना खैरो हेरोईनसहित पक्राउ
२०८३ असार २३, ०७:३५
धनगढीः धनगढीका एक जना खैरो हेरोईनसहित पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–७ मनेहराबाट अवैध लागूऔषध खैरो हेरोईन ३ ग्राम ६३० मिलिग्रामसहित सोही ठाउँ बस्ने १९ वर्षीय महेन्द्र रानालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलाली र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको जनाएको छ।
कमेन्ट लोड गर्नुस