सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरिया बसपार्कबाट हराएका व्यक्ति, ओलानीमा फेला परे

२०८३ असार २४, ०२:५६ खबर संवाददाता

धनगढी: अछाम जिल्ला चौरपाटी गाउँपालिका–७ का स्थायी बासिन्दा देउसिंह बोगटी असार २३ गते राति अत्तरियाबाट वेपत्ता भएकामा बुधवार दिउँसो २ बजे फेला परेका छन्।

परिवारका अनुसार बोगटी असार २३ गते राति करिब ८:०० देखि ९:०० बजेको बीचमा कैलालीको गोदावरी नगरपालिका–अत्तरिया बसपार्क नजिकबाट हराएका उनी गोदावरी नगरपालिका वडा नम्बर ११ मा फेला परेका हुन्। 

परिवारले खोजी गर्ने क्रममा उनी फेला परेको जनाएको छ।

यसअघि समाचारमा त्रुटि भएकाले सच्याइएको छः सम्पादक

कमेन्ट लोड गर्नुस