धनगढीको कनरी- फूलबारी चक्रपथमा सडक बत्ती जडान
धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकाले कनरी-फूलबारी चक्रपथमा सडक बत्ती जडान गरेको छ। उपमहानगरपालिकाले धनगढीको वडा नम्बर १४, १५, १८ र १९ वडामा पर्ने चक्रपथको २१० बिजुलीको पोलमा अत्याधुनिक सेन्सरयुक्त बत्ती जडान गरिएको हो।
वडा नम्बर १५ को कनरीदेखि १९ को आई गाउँसम्मका सडक पोलमा बत्ती जडान गरेसँगै बुधवारदेखि चक्रपथमा समेत रात्रिकालीन उज्यालो विस्तार भएको उपमहानगरपालिकाले जनाएको छ।