सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा जिप दुर्घटनाः ३ जनाको मृत्यु भएको पुष्टि, घाइतेलाई लैजान हेलीकोप्टर उड्यो

२०८३ असार २७, ०६:१६

धनगढी: बझाङको केदारस्यूँ गाउँपालिका–७, मा शनिबार दिउँसो भएको बोलेरो जिप दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जनाको अवस्था गम्भीर रहेको छ ।

प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले तीन जनाको घटनास्थलमै मृत्यु भएको पुुष्टि गरेका छन् । उनकाअनुसार अन्य पाँच जनाको अवस्था गम्भीर छ ।

उनीहरुको उद्दारका लागि सुर्खेतबाट केही बेरअघि हेलीकोप्टर उडेको प्रजिअ केशरीले जानकारी दिए । दुर्घटनाबारे अन्य विस्तृत विवरण भने प्राप्त हुन बाँकी रहेको उनी बताउँछन् ।

तर, घटनास्थल टाढा र भौगोलिक रुपमा विकट भएका कारण समस्या भइरहेको हो । जिपमा के कति मानिस सवार थिए ? भन्ने कुरा यकिन भइसकेको छैन ।

कमेन्ट लोड गर्नुस