सेती नदीमा बगेर बैतडीका एक बालक बेपत्ता
बैतडी–सेती नदीमा बगेर बैतडीका एक बालक बेपत्ता भएका छन् ।
सिगास गाउँपालिका–५ का दुई बर्षीय दिलिप धामी सेती नदीमा बगेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता,प्रहरी निरीक्षक भुवनप्रसाद तिमिल्सैनाले जानकारी दिए ।
आमा पार्वती धामी लुगा धुन सेती नदी किनार गरेको बेला मिा गएकी थिइन । दिलिप बगेर बेपत्ता भएका हुन् ।
स्थानीयबासी र प्रहरीको टोलीले बालकको खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।