सुदूर नेपाललाई विश्वसँग जोड्दै

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी अत्तरियाबाट पक्राउ

२०८३ साउन ६, ०५:०६ खबर संवाददाता

अत्तरिया (कैलाली): सवारी ज्यान मुद्दाका एक फरार प्रतिवादीलाई कैलाली प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी सहायक हवल्दार नवराज जोशीको कमाण्डमा खटिएको प्रहरी टोलीले साउन ६ गते दिउँसो ३:३० बजेको समयमा कैलालीको गोदावरी नगरपालिका वडा नं. ४ बस्ने ४८ वर्षीय इन्द्र सिंह कोट्टारीलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार वि.सं. २०७० कात्तिक १० गते जिल्ला प्रहरी कार्यालय कैलालीमा दर्ता भएको सवारी ज्यान मुद्दा (मु.द.नं. १५८) मा उनी फरार रहँदै आएका थिए।

कैलाली जिल्ला अदालतबाट साउन ५ गते पक्राउ पुर्जी जारी भएपछि खोजी सूचीमा रहेका कोट्टारीलाई गोदावरी नगरपालिका वडा नं. २ स्थित अत्तरिया बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको हो।

पक्राउ परेका प्रतिवादीलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय मालाखेतीमा राखिएको छ।

कमेन्ट लोड गर्नुस