कैलालीमा भन्सार छलीका सामान बरामद
धनगढीः कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ।
प्रहरीले शुक्रवार धनगढी-१८ थापाघाट र भजनी-७ हिक्मतपुरबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य ८४ हजार ६२४ रुपैयाँ बराबरको सुर्ति, विषादी, प्लाष्टिक झिल्ली लगायतका सामानहरु बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरीले उक्त सामान बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको जनाएको छ।