सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरका २ जना फरार प्रतिबादी पक्राउ

२०८३ साउन १०, ०८:३० खबर संवाददाता

धनगढीः कैलाली र कञ्चनपुरका २ जना फरार प्रतिबादी पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा ७ महिना कैद सजाय तोकिएको धनगढी उपमहानगरपालिका–१५ उर्मी बस्ने २५ वर्षीय मनिराज रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले शनिबार दिउँसो निजकै घर ठेगानाबाट पक्राउ गरेको हो।

जिल्ला अदालत कञ्चनपुरको मिति २०८२ पुस २५ गतेको फैसलाले कुटपिट मुद्दामा २३ दिन कैद सजाय तोकिएको भीमदत्त नगरपालिका–८ तिलाचौड बस्ने २३ वर्षीय राजेश दमाईलाई प्रहरी चौकी जिमुवा, कञ्चनपुरबाट खटिएको प्रहरीले शनिबार दिउँसो उनकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस