सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारी टोली र डाक्टर केसीका प्रतिनिधिबीच वार्ता हुँदै

२०८३ साउन १०, ०२:१३ खबर संवाददाता

धनगढीः बिहीबारदेखि अनशनमा बसेका डाक्टर गोविन्द केसीका मागबारे सरकारी वार्ता टोलीले छलफल थालेको छ। केसीका प्रतिनिधि र सरकारी टोलीबीच सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर हेमराज पाण्डेको कार्यकक्षमा छलफल सुरु भएको हो।

वार्तामा सरकारका तर्फबाट प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डाक्टर जगदीशप्रसाद अग्रवाल, प्रतिनिधि सभा सदस्य पुकार बम, शिक्षा तथा खेलकुुद मन्त्रालयका सचिव चूडामणी पौडेल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटा सहभागी छन्।

डाक्टर केसीका तर्फबाट उनका सहयोगी डाक्टर अमृत जैशी र पवन थापा वार्तामा सहभागी रहेका छन्। 

कमेन्ट लोड गर्नुस