सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा घरभित्र लुकाइएको अवैध सिसमको काठ बरामद, एक पक्राउ

२०८३ साउन ११, ०१:२३ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरको पुनर्वास नगरपालिका–९ मा घरभित्र लुकाएर राखिएको अवैध सिसमको काठ प्रहरीले बरामद गरेको छ। घटनामा संलग्न रहेको आरोपमा ३९ वर्षीय ऐनबहादुर शाहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीबाट खटिएको प्रहरी टोलीले शाहीको घरटहरामा लुकाइराखिएको अवस्थामा सिसम जातको चार थान गोलिया काठ, कुल १७.५५ क्युबिक फिट, बरामद गरेको हो।

बरामद गरिएको काठ र पक्राउ परेका शाहीलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सब–डिभिजन वन कार्यालय पचकडिया परासन पठाइएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस