सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको बागबजार–अनारखोली सडक सीमा विवाद समाधानतर्फ

२०८३ साउन ११, ०२:१२ खबर संवाददाता

डडेल्धुरा: डडेल्धुराको बागबजार–अनारखोली सडक खण्डको सडक क्षेत्राधिकार (राइट अफ वे) सम्बन्धी चार वर्षदेखि जारी विवाद समाधानतर्फ अघि बढेको छ।

प्रमुख जिल्ला अधिकारी अमरबहादुर वलीको अध्यक्षतामा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले सडकको केन्द्रबिन्दुबाट दायाँ–बायाँ १५–१५ मिटर राइट अफ वे कायम गर्न नेपाल सरकारसमक्ष सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको हो।

बैठकले उक्त सीमाभित्र आवश्यक कानुनी प्रक्रिया पूरा गरी अमरगढी नगरपालिकाले तत्काल नक्सापास प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ। यससँगै लामो समयदेखि रोकिएका घर निर्माण, बैंकिङ कारोबार तथा नगर विकासका गतिविधिले पुनः गति लिने अपेक्षा गरिएको छ।

राइट अफ वे सम्बन्धी अन्तिम निर्णय नेपाल सरकारले गर्ने भए पनि स्थानीय तहमा वर्षौंदेखि कायम सडक सीमा विवाद समाधानतर्फ यो निर्णयलाई महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।

कमेन्ट लोड गर्नुस