सुनचाँदीको मूल्य घट्यो
२०८३ असोज २८, १२:३०
काठमाडौँ : स्थानीय बजारमा आज सुनको मूल्य दुई हजार ७०० र चाँदीको मूल्य रु १०० ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ८९ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार २५५ कायम भएको छ ।
छापावाल सुन मङ्गलबार प्रतितोला रु दुई लाख ९२ हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ३५५ कायम भएको थियो ।
कमेन्ट लोड गर्नुस