सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट १६ जना जुवाडे नगदसहित पक्राउ

२०८३ साउन १२, ०९:२७ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट १६ जना जुवाडे नगदसहित पक्राउ परेका छन्।

जिल्लाको कृष्णपुर नगरपालिका–२ स्याउले बस्ने ४४ वर्षीय टेक बहादुर साउँदको घरमा जुवातास खेलिरहेको अवस्थामा निज टेक बहादुर साउँदसहित १६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो।

जुवातास भईरहेको भन्ने सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट वाणी, कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद भारतीय रुपैयाँ २७ हजार ५ सय, नेपाली रुपैयाँ ३२  हजार ७८० र मोवाईल थान ११ सहित पक्राउ गरेको छ। यस सम्बन्धमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

कमेन्ट लोड गर्नुस