सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट लागूऔषधसहित ३ जना पक्राउ

२०८३ साउन १४, ०९:१६ खबर संवाददाता

धनगढीः कैलालीबाट लागूऔषधसहित ३ जना पक्राउ परेका छन्।

जिल्लाको गौरीगंगा नगरपालिका–१ चनौरा दक्षिण टोलबाट अवैध लागूऔषध खैरो हेरोइन ३ ग्राम ३ सय १० मिलिग्राम र नगद ११ हजार ७ सय ५० रूपैयाँसहित सोही ठाउँ बस्ने २४ वर्षीय रबिन्द्र धामीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी, कैलालीको धनगढी उपमहानगरपालिका–३ मिलनचोकबाट अवैध लागूऔषध खैरो हेरोइन २४० मिलिग्रामसहित २ जनालाई वुधबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कञ्चनपुरको पुनर्वास–४ बस्ने १८ वर्षीय किशोर र सोही नगरपालिका–११ अमरबस्ती बस्ने २२ वर्षकी सृजना चौधरी रहेका छन्। लागूऔषध सेवन गरिरहेको अवस्थामा प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको प्रहरीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको छ।

कमेन्ट लोड गर्नुस