सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको गौमुलमा अवैध घरेलु भरुवा बन्दुक बरामद

२०८३ साउन १७, १०:४३ खबर संवाददाता

बाजुराः बाजुराको गौमुल गाउँपालिकास्थित एक सामुदायिक वनबाट प्रहरीले अवैध घरेलु एकनाले भरुवा बन्दुक फेला पारी बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार शनिवार गौमुल गाउँपालिका-१ अम्लिसस्थित सूर्योदय सामुदायिक वनभित्र लुकाइछिपाई राखिएको अवस्थामा १ थान भरुवा बन्दुक फेला परेको हो। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गौमुलबाट खटिएको प्रहरी टोलीले वनभित्र बेवारिसे अवस्थामा राखिएको उक्त अवैध बन्दुक बरामद गरेको जनाएको छ।

बरामद गरिएको बन्दुकलाई जिल्ला प्रहरी कार्यालय बाजुरामा ल्याई राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक नरेश बहादुर शाहीले जानकारी दिए।

कमेन्ट लोड गर्नुस