धनगढी पुष्प व्यवसायी कृषक समूहको नयाँ कार्यसमिति चयन
धनगढी: धनगढी पुष्प व्यवसायी कृषक समूहको पहिलो साधारण सभाले शंकरसिंह बिष्टको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा रिता जोशी अवस्थी, सचिवमा जोगेन्द्र सेठ्ठी, सहसचिवमा भरत उप्रेती र कोषाध्यक्षमा मिनु मलासी साउँद चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा पुष्करसिंह बिष्ट, आसा पन्त मिश्रसहित १५ सदस्यीय कार्यसमिति गठन गरिएको छ।
नवनिर्वाचित कार्यसमितिले पुष्प खेतीको उत्पादन वृद्धि, किसानको क्षमता विकास, बजार व्यवस्थापन तथा व्यवसाय विस्तारका लागि साझा पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। साधारण सभामा सहभागीहरूले पुष्प व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रतिस्पर्धी बनाउन समूहले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए।