सुदूर नेपाललाई विश्वसँग जोड्दै

जोशिपुर गाउँपालिकाको साथमा ‘सुदूरपश्चिम गाईजात्रा सिर्जना–२’

२०८३ साउन २१, ०५:११ लक्ष्मण ढुङ्गाल

धनगढी। सुदूरपश्चिमको मौलिक कला, संस्कृति, भाषा र परम्पराको संरक्षण तथा व्यङ्ग्य–हास्यमार्फत सामाजिक सचेतना फैलाउने उद्देश्यले आयोजना हुन लागेको ‘सुदूरपश्चिम गाईजात्रा सिर्जना–२’ लाई कैलालीको जोशिपुर गाउँपालिकाले साथ दिएको छ।

बैजनाथ सञ्चार प्रालिको आयोजनामा भदौ १७ गते धनगढीस्थित एसटीएस सिनेमा हलमा हुने कार्यक्रममा सुदूरपश्चिमका मौलिक सांस्कृतिक प्रस्तुति, देउडा, लोकगीत, लोकनृत्य तथा समसामयिक विषयमा आधारित हास्य–व्यङ्ग्य प्रस्तुत गरिने आयोजकले जनाएको छ।

आयोजकका अनुसार कार्यक्रममार्फत भ्रष्टाचार, सामाजिक विकृति, लैङ्गिक हिंसा, बालअधिकार, युवा पलायनलगायतका विषयलाई व्यङ्ग्यात्मक शैलीमा उठाइनेछ। स्थानीय कलाकारसँगै राष्ट्रियस्तरका चर्चित हास्यकलाकारहरूको समेत विशेष प्रस्तुति रहने कार्यक्रमका आर्थिक संयोजक शुभेष पाठकले बताए ।

आयोजकले कार्यक्रम सफल बनाउन संस्कृति, कला र हास्यप्रेमी सबैलाई भदौ १७ गते उपस्थित हुन आग्रह गरेको छ।

लक्ष्मण ढुङ्गाल, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस