‘सुदूर कर्णाली सिङ्गिङ एन्ड डान्सिङ स्टार’को लोक राउण्डमा आयुष्मा प्रधान आउने
कैलाली: ‘सुदूर कर्णाली सिङ्गिङ एन्ड डान्सिङ स्टार’ को बहुप्रतीक्षित लोक राउण्डमा सुदूरपश्चिम सिङ्गिङ एन्ड डान्सिङ स्टार की विजेता आयुष्मा प्रधानको विशेष उपस्थिति रहने भएको छ।
आयोजकका अनुसार लोक संस्कृति, लोक संगीत तथा मौलिक प्रतिभाको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको लोक राउण्ड आगामी भदौ ६ गते सञ्चालन हुनेछ। प्रतियोगितामा सहभागी प्रतिभाहरूको प्रस्तुतिसँगै आयुष्मा प्रधानको उपस्थितिले कार्यक्रमलाई थप आकर्षक बनाउने विश्वास गरिएको छ।
आयोजकले लोक संगीत, संस्कृति तथा मौलिक प्रतिभाप्रति रुचि राख्ने दर्शक तथा शुभेच्छुकलाई कार्यक्रममा उपस्थित भई प्रतियोगीहरूलाई उत्साह र हौसला प्रदान गर्न आग्रह गरेको छ।
साथै, लोक राउण्डलाई सफल बनाउन सबैको साथ, सहयोग र सहभागिताको अपेक्षा गरिएको आयोजकले जनाएको छ।