क्यान्सरसँग जुध्दै गरेका राकेश नेपालीलाई बचाउन आर्थिक सहयोगको अपिल
धनगढी: कैलालीको धनगढी उपमहानगरपालिका–१ शान्तिनगरका ८ वर्षीय राकेश नेपाली हाल गम्भीर स्वास्थ्य समस्याबाट गुज्रिरहेका छन्। बायाँ खुट्टामा क्यान्सर भएपछि उनको हाल काठमाडौँमा उपचार भइरहेको छ।
लामो समयदेखि उपचार गराउँदै आएको परिवारको आर्थिक अवस्था निकै कमजोर भएकाले थप उपचारका लागि रकम अभाव भएको छ। बालकको ज्यान बचाउनका लागि परिवारले देश तथा विदेशमा रहेका सम्पूर्ण मनकारी महानुभावहरूसँग आर्थिक सहयोगको हार्दिक अपिल गरेको छ।
"राकेश नेपाली बचाउ अभियान" मार्फत बालकको उपचारका लागि आर्थिक सङ्कलन सुरु गरिएको छ। सहयोग गर्न चाहने महानुभावहरूले तल दिइएको बैंक खाता वा QR कोडमार्फत सोझै रकम पठाउन सक्नुहुनेछ:
सहयोगका लागि बैंक विवरण:
बैंकको नाम: लक्ष्मी सनराइज बैंक (Laxmi Sunrise Bank)
खातावालाको नाम: Laxmi Damai
खाता प्रकार: NARI SAVING
खाता नम्बर: 005000197211
सम्पर्कका लागि:९८२४६८२३७१
एक सानो सहयोगले पनि राकेशको जीवन बचाउन ठूलो मद्दत पुग्ने भएकाले सक्दो सहयोग र प्रचारप्रसार गरिदिन परिवार तथा अभियानकर्ताहरूले अनुरोध गरेका छन् ।