सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु

२०८३ साउन ३०, ०४:०३ खबर संवाददाता

अछाम: मंगलसेन नगरपालिका–५ मा अटो अनियन्त्रित भई सडकमा पल्टिँदा एक जनाको मृत्यु भएको छ।

शनिबार बिहान करिब ११ः३० बजे मंगलसेन नगरपालिका–३ लाछीमानाबाट मंगलसेनतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ह ६११३ नम्बरको अटो ओरालोमा अचानक अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा अटोमा सवार मंगलसेन नगरपालिका–३ लाछीमाना बस्ने अन्दाजी ४८ वर्षीय निर्प बोगटी घाइते भएका थिए। उनलाई उपचारका लागि जिल्ला अस्पताल मंगलसेन लगिएको थियो।

बोगटीको उपचारका क्रममा दिउँसो १ः१० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

दुर्घटनामा संलग्न अटो र चालक प्रहरी नियन्त्रणमा रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस