सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ‘एपी फेसन वेयर’ सञ्चालन

२०८३ भदौ ६, ०१:५५ लक्ष्मण ढुङ्गाल

धनगढी:धनगढीको बुद्ध चोकमा महिलाका लागि लक्षित ‘एपी फेसन वेयर’ सञ्चालनमा आएको छ। धनगढी उपमहानगरपालिका–चटकपुरकी जानकी बलाएरले करिब १८ लाख रुपैयाँको लगानीमा फेसन वेयर सञ्चालनमा ल्याएकी हुन्।

शनिबार बलाएरले आफ्नी सासू आमा कुमारी बिष्टको संयुक्त सहभागितामा रिबन काटेर पसलको औपचारिक उद्घाटन गरेकी हुन्। परिवार नै व्यवसायमा आबद्ध रहेकाले परिवारको साथ, हौसला र प्रेरणाबाट आफू पनि व्यवसायमा लागेको बलाएरले बताइन्।

पसलमा महिलाका लागि फेसनअनुसारका विभिन्न डिजाइन तथा आकर्षक पहिरन उपलब्ध गराइने उनले जानकारी दिइन्। ग्राहकको रोजाइ र समयअनुसारका विभिन्न डिजाइनका महिलाका कपडा एउटै स्थानबाट उपलब्ध गराउने आफ्नो लक्ष्य रहेको बलाएरको भनाइ छ।

परिवारको साथ र सहयोगकै कारण सुविधासम्पन्न पसल सञ्चालन गर्न सम्भव भएको उनले बताइन्। व्यवसाय सञ्चालनसँगै पहिलो दिन ग्राहकका लागि १५ प्रतिशत छुटको व्यवस्था गरिएको पनि उनले जानकारी दिइन्।

विदेश पलायनको आकर्षणभन्दा आफ्नै ठाउँमा मेहनत गरेर उद्यम गर्नुपर्ने सन्देश दिँदै बलाएरले स्थानीय स्तरमै केही गर्ने उद्देश्यले व्यवसाय सुरु गरेको बताइन्। आफ्नै क्षेत्रमा रोजगारी र व्यवसाय सिर्जना गर्दै समाजमा योगदान दिनुपर्ने उनको सुझाव छ।

नयाँ व्यवसाय सञ्चालन गरेकाले धनगढीवासीको साथ, माया र सकारात्मक सुझावको पनि आवश्यकता  रहेको बलाएरले बताइन्।

लक्ष्मण ढुङ्गाल, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस