सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम प्रहरी प्रमुख भट्टराईद्वारा अत्तरियास्थित ट्राफिक कार्यालयको निरीक्षण

२०८३ भदौ ६, ०३:२४ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) सानुराम भट्टराईले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, अत्तरियाको अनुगमन तथा निरीक्षण गरेका छन्।

अनुगमनका क्रममा डीआईजी भट्टराईले कार्यालयका विभिन्न शाखा, शाखागत अभिलेख तथा कार्यालय भवनको निरीक्षण गरेका थिए। उनले कार्यालयबाट सम्पादन भइरहेका कार्यहरूको अवस्थाबारे समेत जानकारी लिएका थिए।

सो क्रममा उनले ट्राफिक प्रहरीको कार्यसम्पादनलाई नागरिकमैत्री, प्रविधिमैत्री तथा सेवामुखी बनाउन निर्देशन दिए। ट्राफिक नियम तथा कानुनको प्रभावकारी कार्यान्वयन गर्दै नागरिकको सुरक्षा र सहज आवागमनलाई प्राथमिकतामा राख्न उनले जोड दिए।

सडक दुर्घटना न्यूनीकरणका लागि नयाँ प्रविधिको प्रयोग तथा प्रभावकारी ट्राफिक व्यवस्थापनमा ध्यान दिन निर्देशन दिँदै उहाँले सडकमा ट्राफिक प्रहरीको उपस्थिति जनताको सुरक्षाका लागि हो भन्ने मूल मर्मलाई आत्मसात् गर्न आग्रह गरे।

उनले जिम्मेवारीप्रति संवेदनशील र उत्तरदायी भएर कार्य गर्न तथा ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री बनाउनसमेत निर्देशन दिएका थिए।

कमेन्ट लोड गर्नुस