अत्तरीया बसपार्कमा बसको ठक्करबाट महिलाको मृत्यु
धनगढीः कैलालीको अत्तरीया बसपार्कमा बसको ठक्करबाट महिलाको मृत्यु भएको छ।
कैलालीको गोदावरी नगरपालिका–२ अत्तरीया बसपार्क स्थित माहाकाली यातायातको सुदूरपश्चिम प्रदेश०२–००१ ख ९५६ नम्बरको बसको ठक्करबाट गोदावरी नगरपालिका–१ बस्ने अन्दाजी ४० वर्षकी सिन्की बोहराको आइतबार साँझ घट्नास्थलमै मृत्यु भएको हो। बस र बस चालक दार्चुलाको मालीकार्जुन गाउँपालिका–२ बस्ने २३ वर्षीय रोहित सिंह धामीलाई प्रहरीले नियन्त्रणमा लिई दुर्घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।