चरेश मुद्दामा फरार दार्चुलाका एक जना पक्राउ
२०८३ भदौ १६, ०७:३७
दार्चुलाः चरेश मुद्दामा फरार दार्चुलाका एक जना पक्राउ परेका छन्।
जिल्ला अदालत दार्चुलाको मिति २०८२ माघ १८ गतेको फैसलाले लागूऔषध (चरेश) मुद्दामा ९ दिन कैद सजाय तोकिएको महाकाली नगरपालिका–४ बस्ने २२ वर्षीय बिजय टमटा पक्राउ परेका हुन्। टमटालाई जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो उनकै घर ठेगानाबाट पक्राउ गरेको छ।
कमेन्ट लोड गर्नुस