रसुवाका बाढी पीडितका लागि एमाले अध्यक्ष ओलीले हस्तान्तरण गरे राहत
२०८३ भदौ १९, १२:५४
काठमाण्डाैँः रसुवाको भोटेकोशीमा भदौ १० मा आएको बाढीबाट प्रभावित रसुवाका पीडितका लागि एमालेले राहत सामग्री पठाएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले बाढी पीडितका लागि राहत सामग्री रसुवा जान लागेको टोलीलाई हस्तान्तरण गरेका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरू भने शुक्रबार नै बाढी प्रभावित क्षेत्र नुवाकोट जाने कार्यक्रम रहेको बताइएको छ ।
कमेन्ट लोड गर्नुस