सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमको प्रमुख सांस्कृतिक पर्व गौराः मुख्यमन्त्री भट्ट

२०८३ भदौ १९, ०१:२४ रासस

सुदूरपश्चिम: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सुदूरपश्चिमको प्रमुख सांस्कृतिक पर्व गौरा तथा श्रीकृष्ण जन्माष्टमीका अवसरमा शुभकामना व्यक्त गरेका छन्। 

आज एक शुभकामना सन्देश जारी गर्दै उनले गौरा पर्वले सुदूरपश्चिमको मौलिक संस्कृति, परम्परा, आस्था र पहिचानलाई जीवन्त राख्नुका साथै एकता, सद्भाव, आपसी प्रेम, भाइचारा र सामाजिक सहिष्णुतालाई सुदृढ बनाउँदै आएको उल्लेख गरेका छन्। 

मुख्यमन्त्री भट्टले विविधताबीचको एकता र पारस्परिक सम्मानको भावना अभिवृद्धि गर्दै समृद्ध सांस्कृतिक सम्पदाको संरक्षण तथा पुस्तान्तरणमा गौरा पर्वको महत्वपूर्ण योगदान रहेको बताए। यस्तै, श्रीकृष्ण जन्माष्टमीले सत्य, धर्म, न्याय, प्रेम र सद्भावको मार्गमा अघि बढ्न प्रेरणा प्रदान गर्दै आएको उल्लेख गरे। 

मुख्यमन्त्री भट्टले गौरा तथा श्रीकृष्ण जन्माष्टमीजस्ता पावन पर्वले सुदूरपश्चिमवासीबीच आपसी प्रेम, सद्भाव र एकताको भावना अझ प्रगाढ बनाउँदै सुखी, समुन्नत र समृद्ध सुदूरपश्चिम निर्माणमा प्रेरणा प्रदान गर्ने विश्वाससमेत व्यक्त गरेका छन्। 

कमेन्ट लोड गर्नुस