सुदूर नेपाललाई विश्वसँग जोड्दै

भोटेकोशी बाढीको ११औँ दिनमा आज दुई जनाको जीवितै उद्धार

२०८३ भदौ २०, ०४:५१ खबर संवाददाता

काठमाण्डाैः भोटेकोशी नदीमा बाढी आएको ११औँ दिनमा आज दुई जनाको जीवितै उद्धार गरिएको छ । 

उद्धारकर्मीहरूले एक जनाको घरबाट र एक जनाको जलविद्युत् आयोजनाको सुरुङबाट जीवितै उद्धार गरेका हुन् ।

सशस्त्र प्रहरीका सहप्रवक्ता एवम् डिएसपी शैलेन्द्र थापाका अनुसार नुवाकोटको विदुर नगरपालिका - १० बेत्रावतीमा रहेको आनन्द श्रेष्ठको ४ तले घरको चौथो तलाबाट उनकी श्रीमती चन्डिका श्रेष्ठको जीवितै उद्धार भएको छ ।

इन्सपेक्टर सुमन विकको कमान्डको टोलीले श्रेष्ठको उद्धार गरेको हो । यस्तै २१६ मेगावाटको माथिल्लो त्रिशूली - १ जलविद्युत् आयोजनाको अडिट ४ सुरुङबाट एक जना चिनियाँ नागरिकको जीवितै उद्धार भएको छ ।

नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले आज दिउँसो उहाँलाई उद्धार गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । यसअघि हिजो अर्थात् बाढी आएको १०औँ दिनमा माथिल्लो त्रिशूली -३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको जीवितै उद्धार गरिएको थियो ।

कमेन्ट लोड गर्नुस