डडेल्धुराका प्रमुख जिल्ला अधिकारी वलीको सरुवा
डडेल्धुरा: गृह मन्त्रालयले डडेल्धुराका प्रमुख जिल्ला अधिकारी (सीडीओ) अमरबहादुर वलीको सरुवा गरेको छ ।
उनको ठाउँमा वेदराज फुयाँललाई नयाँ प्रमुख जिल्ला अधिकारीका रूपमा पठाउने निर्णय गरिएको छ ।
डडेल्धुराका सीडीओ वलीलाई जिल्ला प्रशासन कार्यालय बाँकेको सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा गरिएको हो ।
वलीको स्थानमा अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा वरिष्ठ अध्यागमन अधिकृतका रूपमा कार्यरत फुयाँललाई प्रमुख जिल्ला अधिकारीका रूपमा डडेल्धुरा पठाइएको छ ।