सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकाली नदीमा पानीको बहाव बढ्यो, बनबासा पुलमा चारपाङ्ग्रे सवारी आवागमन बन्द

२०८३ भदौ २२, ०२:५५ खबर संवाददाता

कञ्चनपुर: जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज मिति २०८३ भदौ २२ गते दिउँसो २ बजे महाकाली नदीमा पानीको बहाव १ लाख २९ हजार ५ सय ४० क्युसेक मापन गरिएको छ।

महाकाली नदीमा पानीको बहाव बढेपछि नेपाल–भारत सीमा जोड्ने बनबासा पुलमा चारपाङ्ग्रे सवारीसाधनको आवागमन बन्द रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले उक्त अवस्थाबारे सम्बन्धित सबैलाई जानकारी गराउँदै आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।

नदीमा पानीको बहाव बढिरहेको अवस्थामा महाकाली नदी आसपासका बासिन्दा तथा यात्रुहरूलाई सतर्क रहन र अनावश्यक रूपमा नदी तथा जोखिमयुक्त क्षेत्रमा नजान आग्रह गरिएको छ।
 

कमेन्ट लोड गर्नुस