कैलालीबाट भन्सार छलीका सामान नियन्त्रणमा
२०८३ भदौ २३, ०८:२०
धनगढीः कैलालीबाट भन्सार छलीका सामान नियन्त्रणमा लिइएको छ।
जिल्लाको कैलारी गाउँपालिका–५ छोटकी पलियाबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य १ लाख २३ हजारको सामान प्रहरीले नियन्त्रणमा लिइएको हो। उक्त मुल्य बराबरको सुटपिस, साडी लगायतका सामानहरु सोमबार राति इलाका प्रहरी कार्यालय हसुलिया, कैलालीबाट खटिएकोप्रहरीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।
कमेन्ट लोड गर्नुस