करणी मुद्दामा फरार कैलालीका एक जना पक्राउ
२०८३ भदौ २५, ०७:४०
धनगढीः करणी मुद्दामा फरार कैलालीका एक जना पक्राउ परेका छन्।
जिल्ला अदालत कैलालीको फैसलाले जवरजस्ती करणी मुद्दामा ५ वर्ष कैद सजाय तोकिएको भजनी नगरपालिका–२ रजवारा बस्ने २८ वर्षीय संजय चौधरी पक्राउ परेका हुन्। चौधरीलाई इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरी टोलीले बुधबार राति निजकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।
कमेन्ट लोड गर्नुस