डडेल्धुराका २ जना फरार प्रतिबादी पक्राउ
डडेल्धुराः डडेल्धुराका २ जना फरार प्रतिबादी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा अभद्र व्यवहार मुद्दामा २ महिना १९ दिन कैद सजाय र ५ पाँच हजार जरिवाना तोकिएको भागेश्वर गाउँपालिका–४ बस्ने २३ वर्षीय सुरेन्द्र राज भट्ट र अवैध हातहतियार मुद्दामा १ वर्ष २ महिना १० दिन कैद सजाय र ३० हजार जरिवाना तोकिएको आलिताल गाउँपालिका–४ बस्ने ४४ वर्षीय दिपकबहादुर सिजाली रहेका छन्।
जिल्ला अदालत डडेल्धुराको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका दुबै जनालाई बिहीवार जिल्ला प्रहरी कार्यालय डडेल्धुरा तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।