सुदूर नेपाललाई विश्वसँग जोड्दै

भौतिक पूर्वाधार राज्यमन्त्री जानकी कुँवरकाे गाडीलाई ट्राफिकले तिरायाे जरिवाना

२०८३ भदौ २९, ०१:४८ खबर संवाददाता

धनगढी: ट्राफिक प्रहरीले मन्त्रीका गाडी समेत रोकेर जरिवाना गर्न थालेको छ। सुदूरपश्चिमकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकी देवी कुँवर चढ्ने गाडीलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको हो ।

आइतबार सार्वजनिक विदामा अनुमति नलिएरै सरकारी गाडी चलाएको पाइएपछि ट्राफिक प्रहरीले कुँवरले चढ्ने सु दूरपश्चिम प्रदेश ०१००१ झ ०३९७ नम्बरको गाडीलाई जरिवाना तिराएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक रेशमप्रसाद आचार्यले राज्यमन्त्रीको गाडीलाई जरिवाना तिराएको पुष्टि गरे। उनकाअनुसार पहिलोेपटकलाई निषेधित समयमा गाडी प्रयोग गरेको कसुरमा पाँच सय रुपैयाँ जरिवाना तिराइएको छ । सार्वजनिक विदामा मन्त्री समेत सवार नभएको अवस्थामा चालकले गाडी चलाएको पाइएको थियो । 

कमेन्ट लोड गर्नुस