सुदूर नेपाललाई विश्वसँग जोड्दै

एसियाली शारीरिक सुगठन च्याम्पियनसिपका लागी नेपाली टोली आज थाइल्याण्ड जाँदै

२०८३ असोज ६, ११:०४ रासस

काठमाडौँ : आजदेखि सुरु हुने ५८औँ एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोट्र्स च्याम्पियनसिपमा सहभागी हुन नेपाली शारीरिक सुगठन टोली आज थाइल्याण्ड प्रस्थान गर्दैछ ।
 

यही असोज १२ गतेसम्म बैङ्ककमा हुने उक्त प्रतियोगितामा नेपालकातर्फबाट जुनी राई, रिपु घर्ती, सगेन्द्र सिंह, परिस श्रेष्ठ, रेशम राणा, विप्लव थापा मगर र प्रनेश श्रेष्ठले प्रतिस्पर्धा गर्ने छन  ।
 

प्रतियोगितामा सहभागी हुने नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्य–सचिव रामचरित्र मेहताले सोमबार नै बिदाइ गरे  । 
 

उक्त प्रतियोगिताका लागि टोली प्रमुखमा राजेशबाबु श्रेष्ठ, अफिसियलमा विजयलाल कायश्थ र दिनेशकुमार राजभण्डारी तथा प्रशिक्षकमा रुजेश शाही, टिम व्यवस्थापकमा राजेशबहादुर श्रेष्ठ र निर्णायकमा प्रतापकाजी बरिया सहभागी हुुनेछन । । 


 

कमेन्ट लोड गर्नुस