सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा सडेको अवस्थामा शव फेला

२०८३ असोज ८, ०९:५४ खबर संवाददाता

धनगढी : कैलालीमा सडेको अवस्थामा एक महिलाको शव फेला परेको छ ।

बुधबार टीकापुर नगरपालिका–२ मुलपानीस्थित कर्णाली नदी किनारमा अन्दाजी ३२ वर्षीया महिलाको शव फेला परेको हो ।
शवको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाए ।


मृतकको शव टीकापुर अस्पतालको शवगृहमा राखिएको छ । 
 

कमेन्ट लोड गर्नुस