सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा बालिकामाथि यौन दुव्र्यवहारको आरोपमा एक जना पक्राउ 

२०८३ असोज १६, १२:२१ खबर संवाददाता

बैतडीः बैतडीमा यौन दुव्र्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । 

बैतडीकी १० वर्षीया बालिकामाथि यौन दुव्र्यवहार तथा बलात्कार प्रयास गरेको आरोपमा २३ वर्षीय राकेश साउद पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रहरीका अनुसार बालिकाका बुवाले दिएको जाहेरीका आधारमा साउदलाई बिहीबार पक्राउ गरिएको हो। 

बालिकामाथि बुधबार यौन दुव्र्यवहार तथा बलात्कारको प्रयास गरेको आरोपमा जाहेरी परेको थियो। मुद्धा दर्ता गरेर म्याद थप गर्ने तयारी भइरहेको उनले बताए ।  बालिका कक्षा–४मा अध्ययनरत विद्यार्थी हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस