कांग्रेस इतर पक्षबाट बडीकेदार सभापतिमा गणेश बम
धनगढी: नेपाली कांग्रेस इतर पक्षको बडीकेदार गाउँपालिका सभापतिमा गणेश बम चयन भएका छन्। बडीकेदार गाउँपालिकामा सम्पन्न अधिवेशनबाट बम गाउँपालिका सभापतिमा सर्वसम्मत चयन भएका हुन्।
बमले आफ्नो नेतृत्वमा गाउँपालिकामा पार्टी संगठन थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन्। सबै वडामा अधिवेशन भएपछि आज पालिकाको अधिवेशन भएको हो ।
नेपाली कांग्रेसमा निवर्तमान सभापति शेरबहादुर देउवा समूह समानान्तर महाधिवेशनको तयारीमा छ।