कांग्रेस महाधिवेशनः तयारी नपुगेको भन्दै मतदान समय दिउँसो १ बजेसम्मको लागि सारियो
काठमाडौँः नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत पाँचौँ दिन आज नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान हुँदैछ।
निर्वाचन प्रक्रियाअन्तर्गत आज बिहान १०ः०० बजेदेखि मतदान सुरु हुने भनिए पनि तयारी नपुगेको भन्दै दिउसो १ बजेसम्मको लागि सारिएको छ निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए। महाधिवेशनमा सहभागी सात हजार २५५ जना महाधिवेशन प्रतिनिधिले नयाँ केन्द्रीय कार्यसमिति चयन गर्न मतदान गर्नेछन् । सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका नेताहरूको अन्तिम नामावली निर्वाचन समितिले बुधबार साँझ सार्वजनिक गरिसकेको छ।