सुदूर नेपाललाई विश्वसँग जोड्दै

कृषियन्त्र पुर्‍याउन नसक्दा किसानलाई सास्ती

२०८३ असोज २३, ०१:०५ रासस

कञ्चनपुर: कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० स्थित कुतियाकवरमा सडक पहुँच नहुँदा त्यहाँका स्थानीयलाई खेतमा बाली लगाउन र कृषि उत्पादन बजारमा लगेर बिक्री गर्न कठिनाइ भएको छ।

पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाँधमा रहेको ४२ परिवारको बसोबास रहेको उक्त बस्तीको पश्चिम भारतसँग सीमा जोडिएको छ। त्यहाँका नागरिकको मुख्य पेसा र आयस्रोत नै खेती किसानी हो। 

उक्त बस्तीमा रहेको करिब ५० बिघामा जमिनमा पछिल्लो समय अधिकांश किसानले धान र गहुँबाहेकका बाली लगाउँदैआएका छन्। त्यहाँका किसानले खासगरी बेसार र तरकारीखेतीबाट राम्रो आम्दानी गरेर जीविकोपार्जन गर्दै आएका छन् । तर त्यस बस्तीमा सडकको पहुँच नहुँदा ट्र्याक्टर तथा अन्य सवारीसाधन लैजान नसकिएको स्थानीय टेकबहादुर सुनारको भनाइ छ।

सडकको सहज पहुँच नभएकै कारण खेत खनजोतदेखि कृषि कार्यका लागि आवश्यक सामग्री ओसारपसार गर्न किसानले सास्ती खेप्नुपरेको छ। “हामीले खेती गर्दा खनजोत गर्न ट्याक्टर ल्याउन निकै मुस्किल पर्छ नेपालसँग सडकको पहुँच छैन”, स्थानीय सुनारले भने, “भारततर्फबाट खनजोत र थ्रेसिङका लागि ट्याक्टर ल्याउन भारतीय सीमा सुरक्षाबलले जिल्ला प्रशासनको अनुमति माग्छ।”

जोगबुढा नदीमा रहेको झोलुङ्गे पुलबाट हिँडेर आवतजावत गर्न सहज भए पनि धान, मकै र गहुँखेती गर्नका लागि ट्याक्टर र अन्य सवारीसाधन लैजान सास्ती खेप्नुपरेको स्थानीय बताउँछन्। उहाँले यस वर्ष छ कट्ठामा धानखेती र १८ कट्ठामा बेसारखेती गर्दै आएका छन्।
 
हामीले उत्पादन गरेका वस्तु बिक्री गर्न सडकको पहुँच हुनुपर्छ”, स्थानीय मोतिराम सुनारले भने, “यहाँका स्थानीयको एउटै माग जोगबुढा नदीमा पक्की पुल निमार्ण हो।” केही वर्षअघिसम्म यहाँका उत्पादन भारतका बजारमा सहजै बिक्री हुन्थ्यो अहिले भारतले कडाइ गरेपछि किसान समस्यामा परेका छन्। 

धान र गहुँभन्दा बेसारमा राम्रो आम्दानी हुने भएकाले पनि किसान अहिले बेसारखेतीमा संलग्न भएका हुन्। तर समस्या खनजोतकै खेप्नुपरेको स्थानीय खडक बुढा बताउँछन्। “बेसारखेतीबाट रु एक डेढ लाख बचत गर्छौं तर सडकको पहुँच नहुँदा कृषि उपकरणको प्रयोगबाट वञ्जित छौँ”, उनले भने, “जोगबुढा नदीमा पक्की पुल निर्माण हुनुपर्ने सरकारसँग हाम्रो माग छ।” पक्की पुल निर्माण भए त्यहाँको उत्पादनले समेत बजार पाउने उनको विश्वास छ। बुढाले १२ कट्ठामा बेसारखेती गर्दै आएका छन्। विगतका वर्षमा उत्पादन गरेको बेसार भारततर्फ बिक्री हुने गरेको भए पनि यस वर्ष भारतीय पक्षले रोक लगाएपछि उनलाई बजारको चिन्ता समेत थपिएको छ। “यहाँ उत्पादन राम्रो हुन्छ माटो राम्रो छ तर सडकको पहुँच नहुँदा खेती गर्न समस्या झेल्नुपर्छ अहिले बजारको समस्या पनि थपिएको छ।”
 
उनले भने, “गत वर्षसम्म नदीमा पानी कम भएपछि ट्याक्टर आउँथ्यो अहिले नदीमा पक्की तटबन्ध निर्माणपछि बाटो बन्द भएको छ।” जोगबुढा र महाकाली नदीको बाढीबाट प्रभावित हँुदै आएको उक्त बस्तीमा तटबन्ध निर्माण भएपछि बस्ती सुरक्षित बनेको छ। 

“तटबन्धले हाम्रो खेतीयोग्य जमिन बचायो, दोधारा चाँदनी नगरपालिका नगर प्रमुख किशोर लिम्बूले कुतियाकवरमा स्थानीयलाई खेतीपाती गर्न समस्या रहेको बताए। “उक्त बस्तीमा यसअघिसम्म भारतबाटै ट्याक्टर आएर खेतखनजोत हुनेगथ्र्यो नेपालतर्फबाट बाटो छैन”, उनले भने, “यो समस्या समाधानका लागि पहल गर्छु।” खेतीपातीमा निर्भर त्यहाँका किसानका लागि खेतसम्म कृषियन्त्र पु¥याउन सक्ने पूर्वाधार नहुँदा कृषि कार्यका लागि सास्ती खेप्नुपरेको छ।

कमेन्ट लोड गर्नुस