धनगढी- १८ तुलशीबारीमा ४०औँ हाइमास लाइट उद्घाटन
धनगढी । धनगढी उपमहानगरपालिकाको ‘उज्यालो धनगढी’ अभियानअन्तर्गत वडा नम्बर १८ को तुलशीबारीमा ४०औँ हाइमास लाइट जडान गरी सञ्चालनमा ल्याइएको छ।
‘एक वडा, एक व्यापारिक केन्द्र’ कार्यक्रमलाई लक्षित गरी जडान गरिएको हाइमास लाइटको वडा नम्बर १८ का अध्यक्ष भुवन रिजालले उद्घाटन गरेका हुन्।
उपमहानगरपालिकाले नगरका विभिन्न क्षेत्रलाई उज्यालो, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले हाइमास लाइट जडानलाई निरन्तरता दिँदै आएको छ। सोही अभियानअन्तर्गत तुलशीबारीमा पनि लाइट जडान गरिएको हो।
हाइमास लाइट सञ्चालनमा आएसँगै तुलशीबारी क्षेत्रमा रातिको समयमा आवागमन सहज हुनुका साथै सार्वजनिक गतिविधि सञ्चालनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।