सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट लागूऔषधसहित २ जना पक्राउ

२०८३ असोज २६, ०९:०८ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीबाट लागूऔषधसहित २ जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध ब्राउन सुगर ३ ग्राम ९६ मिलिग्रामसहित गोदावरी नगरपालिका–५ बस्ने ३१ वर्षीय टंक राज भट्ट र २६ वर्षीय खगेन्द्र नाथ पक्राउ परेका हुन्। दुबै जनालाई लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगर, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले आइतबार साँझ उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको जनाएको छ। 

कमेन्ट लोड गर्नुस