सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट लागूऔषधसहित ३ जना पक्राउ

२०८३ असोज २६, ०९:२७ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट लागूऔषधसहित ३ जना पक्राउ परेका छन्।

बेलौरी नगरपालिका–७ टेडियाबाट गोप्य सूचनाको आधारमा अवैध लागूऔषध खैरो हिरोइन ४ ग्राम ७४० मिलिग्रामसहित सोही ठाउँ बस्ने १८ वर्षिय किशोर र लालझाडी गाउँपालिका–१ बिनाबारी बस्ने २६ वर्षीय राम जनम चौधरी पक्राउ परेका हुन्। चौधरीलाई इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुर र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले आइतबार दिउँसो पक्राउ गरेको छ।

यसैगरी भीमदत्त नगरपालिका–११ होल्डिङ सेन्टरबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल–८७ ट्याब्लेटसहित कैलालीको गोदावारी नगरपालिका–१ बस्ने २१ वर्षीय दिक्षित साँउद पक्राउ परेका हुन्। साँउदलाई लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले आइतबार साँझ भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा चेकजाँच गर्दा लागूऔषध फेला पारी पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस