सुदूर नेपाललाई विश्वसँग जोड्दै

अडियो विवादमा खगेन्द्र सुनार भन्छन्– एआईबाट बनाइएका प्रचार हुन्

२०८३ असोज २७, ११:३२ खबर संवाददाता

धनगढीः एक महिलालाई धम्क्याएको र ब्ल्याकमेलिङ गरेको भनिएको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद खगेन्द्र सुनारले त्यसलाई आफूविरुद्धको झुटो प्रचार भएको दाबी गरेका छन्। मंगलबार भिडियो सन्देश जारी गर्दै सुनारले सार्वजनिक भएका आरोपको सत्यतथ्य छानबिन गर्न पार्टी र सरकारसँग आग्रह गरेका हुन्। 
उनले आफ्नो नाम जोडेर सार्वजनिक गरिएको अडियो एआई लगायतका प्रविधि प्रयोग गरेर तयार पारिएको दाबीसमेत गरेका छन्। ‘आजसम्म सार्वजनिक भएका सबै आरोप झुटा हुन् । एआईलगायत प्रविधिको प्रयोग गरेर बनाइएका प्रचार हुन्,’ उनले भनेका छन्।

सुनारले प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि आफूलाई निरन्तर निशाना बनाइएको आरोप लगाएका छन्। 

कमेन्ट लोड गर्नुस