सुदूर नेपाललाई विश्वसँग जोड्दै

कांग्रेस डडेल्धुराका सभापति साउँदको कम्पनी फेरि कालोसूचीमा

२०८३ असोज २७, ११:४८ खबर संवाददाता

धनगढीः सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न पाँच निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको छ। कार्यालयको २०८३ असोज २५ गतेको निर्णयानुसार मंगलबार सूचना प्रकाशित गर्दै ती कम्पनीहरूलाई कालोसूचीमा राखिएको जानकारी दिएको छ। 

कालोसूचीमा पर्नेहरूमा अछामको कमलबजार नगरपालिकाको सिफारिसमा धनगढी कैलालीस्थित बराहा डेभलपर्स प्रालि (साविक राजेन्द्र निर्माण सेवा प्रालि) परेको छ। भीमबहादुर साउँद मुख्य व्यक्ति रहेको उक्त कम्पनीलाई तीन वर्षका लागि कालोसूचीमा राखिएको छ। साउद डडेल्धुरा कांग्रेसका सभापति हुन्।

यसअघि पनि यही निर्माण कम्पनी पुरातत्त्व विभागको सिफारिसमा २०८१ फागुनमा एक वर्षका लागि कालोसूचीमा परेको थियो। पछिल्लो निर्णयसँगै कम्पनीले तोकिएको तीन वर्षको अवधिभर कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा सहभागी हुन पाउने छैन।

844838178_1109339911454236_7959382471042698160_n

कमेन्ट लोड गर्नुस