सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाली कांग्रेसको चियापान कार्यक्रम  नहुने

२०८३ कार्तिक १, ०२:०३ रासस

ललितपुर : नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रम आयोजना नगर्ने भएको छ ।

कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज प्रेस विज्ञप्ति जारी गर्दै देश शोकमा रहेकाले यस वर्ष चियापान कार्यक्रम आयोजना नगर्ने निर्णय भएको बताए । 
बिपी कोइरालाले २०३४ सालको कोजाग्रत पूर्णिमादेखि सुरु गर्नुभएको चियापान कार्यक्रमलाई कांग्रेसले विशेष परिस्थितिबाहेक हरेक वर्ष आयोजना गर्दै आएको थियो । 

कमेन्ट लोड गर्नुस