सुदूर नेपाललाई विश्वसँग जोड्दै

गड्डाचौकी हुँदै लामिछाने भारततर्फ, भ्रमणका नाममा खिचडी नपकाउन आग्रह

२०८३ कार्तिक ६, ०३:४८ खबर संवाददाता

महेन्द्रनगरः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने तीर्थाटनका क्रममा कञ्चनपुरको गड्डाचौकी नाका हुदै आज भारत प्रस्थान गरेका छन्।     सभापति लामिछानेले पत्नीसहित स्थलमार्ग हुँदै भारतको उत्तराखण्डको नैनीताल जिल्लाको प्रसिद्ध धार्मिकस्थल कैचीधामको दर्शन गर्ने कार्यक्रम रहेको छ। 

तीन दिने तीर्थाटनका क्रममा उत्तराखण्डको कैचीधामका साथै गुवाहिटीस्थित कामाख्या मन्दिरमा पूजार्चना गर्ने कार्यक्रम रहेको सो पार्टीका सचिवालय सदस्य एवं सांसद दीपकराज बोहराले जानकारी दिए। सभापति रविसँगै पत्नी निकिता पौडेल, प्रतिनिधिसभा सदस्य बोहरा भ्रमण टोलीमा छन्। 

धनगढी विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै सभापति लामिछानेले असाध्यै व्यक्तिगत भ्रमणका क्रममा भारत जान लागेको बताए। ‘पहिलेदेखि नै जाउँला भन्ने थियो । यो धार्मिक भ्रमण हो । कुनै राजनीतिक भेटघाट छैन,’ उनले भने, ‘कारागारमा हुँदा गरेको भाकल पुरा गर्न जाँदैछु। मेरो भ्रमणका नाममा कसैलाई पनि खिचडी नपकाउन आग्रह गर्दछु।’
 

कमेन्ट लोड गर्नुस