सुदूर नेपाललाई विश्वसँग जोड्दै

आश्विन शुक्ल पूर्णिमा : नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने आज अन्तिम दिन

२०८३ कार्तिक ८, ११:११ रासस

काठमाडौँ : आश्विन शुक्ल चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले  नवदुर्गाको प्रसाद स्वरुप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जाने अन्तिम दिन भएकाले सडकमा टीका थाप्न हिँड्नेको चहलपहल देखिन्छ ।

विजयादशमीका दिन कात्तिक ४ गते दश दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिन अर्थात् आज सम्म जारी रहने भएकाले सडकमा धेरै मानिसको चहलपहल देखिएको हो । नवदुर्गाको प्रसाद ग्रहण गर्ने आज अन्तिम दिन हा ।

पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिनमात्र दुर्गाको प्रसाद लगाउने र आशीर्वाद थाप्ने प्रचलन रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सह प्रा डा पुरुषोत्तम भट्टराई भने कोजाग्रत पूर्णिमाका दिन अखिल बलिपूर्ति नभएसम्म नवदुर्गाको प्रसाद लगाउन शास्त्रीय रुपमा कुनै बाधा नरहेको बताए । केही दिन सुनसान रहेको राजधानी शहरमा शनिबार बिहानदेखि भने केही चहलपहल बढ्न थालेको देखिन्छ ।

मानिसको चहलपहल बढेको देखिए पनि सवारी कम हुँदा यात्रा सहज हुन सकेको छैन । सार्वजनिक यातायातमा कोचाकोच गरेर टीका थाप्न र आशीर्वाद लिन हिँड्नेको चहलपहल भने बजारमा हिजोका दिनभन्दा आज बढी छ ।
 

कमेन्ट लोड गर्नुस