सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाबाट ८ जना जुवाडे पक्राउ

२०८३ कार्तिक ८, १०:१२ खबर संवाददाता

दार्चुलाः दार्चुलाबाट ८ जना जुवाडे पक्राउ परेका छन्।

शनिबार शैल्यशिखर नगरपालिका–९ गाँजरीस्थित केशव विकले सञ्चालन गरेको सुदर्शन खुद्रा पसल रहेको घरको कोठामा जुवातास खेलिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षक निरज सिंह भाटको नेतृत्वमा ११ जनाको प्रहरी टोली खटिएको थियो।

शनिबार दिउँसो उक्त स्थानमा छापा मार्ने क्रममा जुवातास खेलिरहेका आठ जनालाई प्रहरीले फेला पारेको हो। प्रहरीले जुवाखालबाट ७१ हजार ७७५ रुपैयाँ नगद र तीन गड्डी ताससमेत बरामद गरेको छ। पक्राउ परेका आठै जनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

कमेन्ट लोड गर्नुस