सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा नदीजन्य पदार्थ उत्खनन र बिक्री खुला

२०८३ कार्तिक ११, ०४:११ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रभित्रका तीन नदीबाट नदीजन्य पदार्थ उत्खनन, सङ्कलन तथा बिक्री वितरण खुला गरेको छ।

उपमहानगरपालिकाले खुटिया, शिवगंगा र मोहना नदीबाट नदीजन्य पदार्थ उत्खनन गर्न अनुमति दिएको हो। प्रारम्भिक वातावरणीय परीक्षण अध्ययन प्रतिवेदन स्वीकृत भएपछि उपमहानगरपालिकाले आजदेखि लागू हुने गरी उत्खनन, सङ्कलन, ढुवानी तथा बिक्री वितरण खुला गरिएको जनाएको छ।

उपमहानगरपालिकाले सूचना जारी गर्दै उक्त जानकारी गराएको हो।

कमेन्ट लोड गर्नुस